दलित पत्रकार संघ दाङको अध्यक्षमा नेपाली

आइतबार, भदौ १६, २०८१

दाङ - राष्ट्रिय दलित  पत्रकार संघ दाङको अध्यक्षमा पत्रकार गिरिराज नेपाली चयन हुनु भएको छ । संघको आज घोराहीमा सम्पन्न  चौथो जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्ष प्रियास्मृति गजमेर, उपाध्यक्षमा अर्जुन परियार, सचिवमा देवका परियार, सह-सचिवमा चन्द्रप्रकाश नेपाली र कोषाध्यक्षमा तेजबहादुर परियार चयन गरिएको छ । जसको सदस्यहरूमा हेमराज परिवर्तन, सरिता नेपाली , सिर्जना विश्वकर्मा , अन्जना बिक र रमा नेपाली रहनु भएको छ ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी अधिवेशनले संघका सस्थापक अध्यक्ष जनक नेपाली, पुर्व अध्यक्ष नवीन अभिलाषी, वसन्त परियार , जीवन नेपाली र अर्जुन परियारलाई केन्द्रीय पार्षद र हेमराज परिवर्तन, सरिता नेपाली, अरूण नेपाली, सुवास परियार, चन्द्रप्रकाश नेपाली र हिमाल बिकलाई प्रदेश पार्षदमा चयन गरेको छ ।

अधिवेशन जिल्ला अध्यक्ष वसन्त परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्