विमाप्रतिको विश्वसनीयता बढाउनु पक्ष : मुख्यमन्त्री चौधरी

बिहीबार, माघ १८, २०८०

दाङ-मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताउनु भएको छ । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आबश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले विमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताउनु भयो ।

बंगलाचुली गाउँपालिका


नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र विमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो । उहाँले कोरोना पछि विमा कम्पनीहरुको विश्वास गुम्दै गएको भन्दै अव विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आबश्यकता अनुसार विमा नीति बनाउने जानकारी दिनु भयो ।

विश्वमा विमा राम्रो छ, उहाँले भन्नु भयो, विमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । विमा नीति आबश्यक छ, उहाँले भन्नु भयो, विमाले त्यो विश्वास दिलाउन सक्नु पर्छ । विमा कम्पनीहरुको गलत कार्यको नियमन प्राधिकरणले गर्नु पर्छ, उहाँले भन्नु भयो, कुरा गरे अनुसार काम गर्नु पर्छ र काम गर्न सक्ने मात्रै विमा वालाले कुरा गर्नु पर्छ ।

कार्यक्रममा सहभागिहरुले विमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना विमाको रकम अहिले सम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए । त्यसै गरेर कृषिमा वाली विमा गर्नु पर्ने, पूर्वाधारको विमा गर्दा सहज हुनु पर्ने र जीवन विमामा भुक्तानीमा छिटो छरितो गरिनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री धन बहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राख्नु भएको थियो । विमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिग्देल लगायतकाले उठेका विषयबस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूणर् बहादुर थापाले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्