पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कास्प पदक

शनिबार, भदौ १५, २०८१
गढवा गाउँपालिका  २०८१सालकाे शुभकामना

काठमाडौँ -  नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छिन्।

शान्तिनगर गाउँपालिका  २०८१सालकाे शुभकामना
आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै पलेशाले कास्य पदक जितेकी हुन् । योसँगै पारा ओलम्पिक्समा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।

उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्