सतिढुङगा माध्यमिक बिद्यालयमा तीज विशेष कार्यक्रम सम्पन्न

शुक्रबार, भदौ १४, २०८१

दाङ - नेपाली महिलाको महान पर्व हरितालिका तीज नजिककै  सँगै गाउँ देखि शहरमा  हिन्दू धर्ममा आस्था राख्ने समुदायले तीज आउन केहि दिन बाँकी  बिभिन्न संघ, सस्था,  महिला समूह र बिद्यालयहरुले तीज विशेष शुभकामना कार्यक्रम गरेका छन् । त्यस्तैगरी हरितालिका तिज पर्वको पावन अवसरमा शुक्रबार बागलुङको  जैमिनी नगरपालिका वडा ७  जैदी  स्थित सतिढुङगा माध्यमिक बिद्यालयमा  तीज विशेष शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

बंगलाचुली गाउँपालिका

1-1725040886.jpg
सतिढुङगा माध्यमिक बिद्यालय का प्र.अ लक्ष्मी प्रसाद वाग्ले  अध्यक्षतामा  तिज विशेष  तथा  तीज गीत गायन र नृत्यका कार्यक्रम सम्पन्न  भएको छ । उक्त कार्यक्रममा सामूहिक तीज गीत तथा नृत्य प्रतियोगितामा   बिद्यालयमा अध्ययनरत प्रथामिक तह , निम्न माध्यमिक तह र माध्यमिक तहका  बिद्याथीहरुको १३ समूहको सहभागी रहेको थियो ।  त्यस्तैगरी  बिद्यालयका निवर्तमान प्र.अ. तथा  शिक्षक दामोदर पौडेलले तीजको गीत गाउनु भएको थियो ।

457774794_3433125563663683_3514058447217374248_n-1725346924.jpg

जसमा खुल्ला तीज गीत तथा नृत्य तर्फ  प्रा.वि तर्फका  युजल रसाइलीको समूहले ९०.५ अंक लिएर प्रथम ,मा.वि तर्फका  कक्षा ६ देखि १० सम्मका  सागर नेपालीको समूहले  १२६.७ अंक लिएर प्रथम, अमृता रानाको समूहले ११०.४ अंक लिएर  द्वितीय र अनुशा  थापाको समूहले १०८ अंक लिएर तृतीय हुन सफल भएका छन्।

3-1725041006.jpg
कार्यक्रम सतीढुङगा माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद वाग्ले  अध्यक्षकता , बिद्यालयका शिक्षक  नविना रानाको  स्वागत एंवम शुभकमना मन्तब्य बाट सुरुवात भएको थियो भने  कार्यक्रमको  सञ्चालन शिक्षक  कमला चालिसेले  गर्नु भएको थियो ।

pppp-1725041047.png
 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २३:४९
प्रतिक्रिया दिनुहोस्