टी–२० विश्वकप खेलेका खेलाडीलाई क्यानले जनही ३ लाख रुपैयाँ दिने

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ ।

बंगलाचुली गाउँपालिका

बिहीबार बसेको क्यानको कार्यसमिति बैठकले खेलाडीलाई प्रोत्साहन पुरस्कार स्वरुप प्रति खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो । यस्तै स्पोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय गरेको  नेपाल क्रिकेट संघले बताएको ।

बैठकले नेपाल प्रिमियर लिग ९एनपीएल०को पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीको सहभागी गराउने निर्णय गरेको छ । फ्रेन्चाइज टिमका लागि १६ वटा आवेदन परेको छ । क्यानको आफ्नै आयोजनामा हुन लागेको एनपीएल १५ मंसिरदेखि ६ पुसम्म हुने छ ।

बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय समेत गरेको छ । निर्णयअनुसार प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने छ ।

त्यस्तैगरी एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरञ्जमा गरिने क्यानले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्