चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं - चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त हुनु भएको छ ।

बंगलाचुली गाउँपालिका

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिनुभयो ।

डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुनुन्छ । उहाँले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गर्नु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०५:४४
प्रतिक्रिया दिनुहोस्