आज २०८१ साल भदौ १४ गते शुक्रबारको राशिफल

शुक्रबार, भदौ १४, २०८१

दाङ - आज २०८१ साल भदौ १४ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ३० तारिख। भाद्र कृष्ण पक्षको द्वादशी तिथि  पुर्नवशु नक्षत्र। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिष पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः४२ सूर्यास्त ६ः२५

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आर्थिक आयआर्जन गर्ने समय रहेको छ । व्यापार व्यवसाय गरेकालाई फाईदा रहने देखिन्छ  । नसोचेको केहि कार्यमा सफलता रहने देखिन्छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईको मेहनत बाट कार्यमा ससफलता रहनेछ । बोलिको प्रभाव द्धारा कार्यमा सफलता रहने देखिन्छ । तार्किक क्षमता बाट अगाडि बढने समय रहेको छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नयाँ कार्यको जानकारी रहनेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाईने छ । बिगतका कार्य सफलताले मनमा उत्साह थपिने । पुराना साथी सग भेटहोला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
घर बाहिरको कार्य बाट लाभ रहने समय रहेको छ । आफन्त बाट धोका छ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्नेेछ । प्रतिस्पर्धामा असफलता रहला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहनेछ । व्यापार व्यवसाय गरेका लाई लाभ रहला । अध्यायन अध्यापनमा सफलता रहने देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यवसाय गरेका लाई लाभ रहने छ । अग्रज व्यक्ति सग भेटमय समय रहेको छ । तपाईको काम बाट अन्य व्यक्तिहरु आर्कषित रहने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
बिगतमा रोकिएका कार्यहरु सम्पादन हुनेछन । नयाँ कार्यको काम गर्ने अबसर प्राप्त रहनेछ । धार्मिक एबम मंगलमय कार्यमा समय दिनु पर्ने ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अरुको साहरामा कार्य गर्दा समस्या रहनेछ ।  अध्यायन अध्यापनमा समस्या मिलाउन नसकिला । आशा देखाउने बाट समस्या  रहेको देखिन्छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
कार्यमा सफलता रहने देखिन्छ । घर परिवारको साथ र सहयोगले कार्यमा सफलता रहने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
काम लाई अगाडि बढाउन संघर्ष गर्नु पर्ने रहनेछ । अन्य व्यक्ति सग प्रतिस्पर्धा गर्नुपर्नेछ  । लगनशीलता र परिश्रम बाट कार्यमा सफलता रहनेछ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सन्तान क्षेत्र बाट साथ र सहयोग रहने देखिन्छ । बौद्धिक क्षेत्रमा सफलता रहनेछ ।सामाजिक कार्य बाट ठिकै रहला । साथ र सहयोग रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय अनुसार  चल्ने प्रयास गर्नुहोला । अग्रज व्यक्ति सग असमझदारी बढनेछ । जिद्धिपन बाट कार्यमा बाधा छ । परिवाट साथ लिएमा सफलता छ ।

                       
                    
                     वास्तु ज्ञान

  शौचालयको नकारात्मक प्रभाव कम बनाउन नुन राख्नु राम्रो मानिन्छ ।

तपाई हामि बस्ने घर वा कुनै पनि भवनमा रहेको शौचालयको नकारात्मक उर्जा बाट बच्नु पर्दछ । शौचालयमा रहेको नकारात्मक उर्जालाई कम गर्न शौचालय भित्र खुला भाडोमा नुन राख्न सकिन्छ । नुनले नकारात्मक उर्जालाई कम बनाउने काम गर्दछ । शौचालयको ढोका भित्र खुल्ने बनाएमा पनि केहि सन्तुलन कायम हुने गर्दछ ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०५:३०
प्रतिक्रिया दिनुहोस्