शेयर बजार उच्च अङ्कले घट्यो, १२ अर्ब २४ करोड रुपैयाँको कारोबार

बिहीबार, भदौ १३, २०८१

काठमाडौं - शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ ।

बंगलाचुली गाउँपालिका

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन कुथेली बुखारी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय २२ वटा कम्पनीका दुई हरोड ८३ लाख कित्ता शेयर १२ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्