गण्डकीमा ९ वटा मन्त्रालय बनाउने कांग्रेस र एमालेबीच सहमति

बिहीबार, भदौ १३, २०८१

पोखरा - गण्डकी प्रदेशमा  नौ वटा मन्त्रालय बनाउने सत्तारूढ नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच   सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनु भएको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।

बंगलाचुली गाउँपालिका

नयाँ सत्ता समीकरणअनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार वटा मन्त्रालय लिने सहमति भएको छ । आउँदो आइतवारसम्ममा मन्त्रालयको बाँडफाँट टुङ्ग्याएर मन्त्रीहरूको शपथ गराउने तयारी  रहेकोछ ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे० लाई समेत समेटेर सरकार पुनर्गठन गर्ने कांग्रेसले जानकारी दिएको छ।

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सात वटा बनाइएको थियो । तर अहिले दलहरूबीच मन्त्रालयको बाँडफाँट मिलाउन फेरि मन्त्रालय थप्ने सहमति भएको छ  ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्