भारतको गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु

बिहीबार, भदौ १३, २०८१

भारत - भारतको गुजरातमा लगातारको वर्षापछि आएको बाढीमा परेर  २८ जनाको मृत्यु भएको छ  । हजारौं मानिस प्रभावित भएका छन् । ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

बंगलाचुली गाउँपालिका

वर्षा र बाढीबाट सबैभन्दा धेरै प्रभावित बडोदरा शहरबाट सबै मानिस विस्थापित भएका छन् ।   शहरका धेरै क्षेत्रमा १० देखि १२ फिटसम्म पानी भरिएको गुजरात सरकारका प्रवक्ता एवम स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले बताएका छन् ।

गुजरातमा पछिल्लो चार दिनदेखि वर्षा भइरहेको छ भने दुई दिनयता अति ठूलो पानी परिरहेको छ । बडोदरासहित गुजरातको सौराष्ट्र, जामनगर, पोरबन्दर, मोरबी, जूनागढ र राजकोट जिल्ला अति ठूलो वर्षाले अस्तव्यवस्त बनेका छन् । वर्षाका कारण नदीहरूमा जलसतह पनि बढेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्