सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहीबार, माघ १८, २०८०

सल्यान -सल्यानमा  ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कुमाख गाउँपालिका(६ बडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको हो ।

बंगलाचुली गाउँपालिका

बागचौर नगरपालिका-८ कोटमोलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाका अनुसार गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको होे । दुर्घटनामा मृत्यु भएका विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्