बाँकेमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ जना घाइते

बिहीबार, भदौ १३, २०८१

बाँके  - दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा बिहीबार दुर्घटना भएको छ।

बंगलाचुली गाउँपालिका

कोहलपुर-नेपालगञ्ज सडकखण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि उक्त बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते  भएका छन् ।

घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा र पाँचजनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

चालकले पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटनामा परेको बयान प्रहरीलाई दिएका छन् । अनियन्त्रित बसले एउटा मोटरसाइकललाई पनि ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्