कालिकोटमा वर्षाका कारणले विद्युत सेवा र सडक अवरुद्ध

बिहीबार, भदौ १३, २०८१

कालिकोट - कालिकोटमा हिजोदेखि विद्युत सेवा अबरूद्ध भएको छ । विद्युत सेवा अबरूद्ध हुँदा त्यहाँका सेवाग्राहीहरू समस्यामा परेका छन् । हिजो परेको ठूलो पानीले डुल्लु – कालिकोट प्रसारण लाइनमा समस्या आएका कारण विद्युत  सेवा अबरूद्ध भएको हो ।

बंगलाचुली गाउँपालिका

विद्यतु सेवा अबरुद्ध  हुँदा सञ्चार माध्यम, सरकारी कामकाज, बैंकहरू, ईन्टरनेट लगायत सञ्चालन गर्न समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । विद्युत प्राधिकरणले समस्या भएको ठाउँ अझै पत्ता लगाउन नसकेकोले मर्मतमा ढिलाई भइरहेको छ ।

त्यस्तैगरी  कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । अविरल वर्षापछि हिजो कालीकोटको विभिन्न ठाउँमा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो । पटक पटक भइरहेको सडक अबरुद्धले यात्रुलाई सास्ती भएको छ ।

सडक अवरुद्ध हुँदा सुर्खेत, दैलेख, कालिकोट र जुम्लाबाट विभिन्न ठाउँमा आउजाउ गर्ने गाडी र यात्रुलाई समस्या भएको छ । पाँच भन्दा धेरै ठाउँमा पहिरो गएकोले त्यसलाई पन्छाएर सडक खुलाउन समय लाग्ने जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्