आज २०८१ साल भदौ १३ गते बिहीबारको राशिफल

बिहीबार, भदौ १३, २०८१

दाङ - आज २०८१ साल भदौ १३ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २९ तारिख। भाद्र कृष्ण पक्षको एकादशी तिथि आद्धा नक्षत्र नेपालमा सूर्योदय ५ः४२ सूर्यास्त ६ः२६ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिष पण्डित ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

बंगलाचुली गाउँपालिका


मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
घरायसी कार्यमा बढि समय दिनु पर्ने छ । उधोग तथा व्यापारमा लाभ  रहनेछ । बचत धन खर्च गर्नुपर्नेछ  । नियमित कार्यमा ठिकै रहला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अध्ययन क्षेत्रमा सफलता रहनेछ । पहिलेका कमीकमजोरी लाई सुधार गर्ने अवसर प्राप्त रहनेछ । बोलिको प्रभाव बढने छ । धन आर्जनका स्रोत बढनेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलाको कार्यबाट सफलता रहनेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ । पहिलेका कमिकमजोरीलाई सुधार गर्ने समय छ । मन प्रशन्न छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा चुनौति रहेता पनि आत्मा बिश्वास लिएर अगाडि बढनु होला । लाम्रो आम्दानी हुने कार्यमा लाग्न सकिनेछ । यात्राको तय हुन सक्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
परिश्रम अनुसार फल प्राप्त नहुन सक्नेछ । सोचे भन्दा कम आम्दानी बढि खर्चयुक्त समय रहनेछ । अवसर प्रशस्त्रै आउनेछन तर लाभ लिन नसकिएला ।
 कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आशा देखाउने र सहयोगि बाट धोका  रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ  । आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय  रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । नविन कार्यमा सफलता मिल्नेछ  ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केहि समस्या रहेता पनि मेहनत बाट सफलता रहनेछ । सहयोगिको साथ बाट कार्यमा सफलता रहनेछ  । आन्तरिक कुरा खुलासा हुनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ  । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अनाबश्यक आरोप लाग्न सक्नेछ  । अनाबश्यक खर्चको समय रहनेछ । बैदेशिक काममा मन जानेछ । भौतिक साधन सा्रेत जम्मा गर्ने वेला छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ  । दिन उत्साह पूर्ण  रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि ,पशुपालन क्षेत्रमा लाभ रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन । आफन्त  सँग भेटघाट छ । आफनो मेहनत बाट अरुलाई फाईदा हनेछ । साझेदारीमा समस्या आउनेछ ।

                                                  वास्तु ज्ञान

अध्ययन अध्यापन गर्ने ठाँउ घरको पूर्व ईशान,उत्तर,वायव्य र पश्चिममा बनाउन सकिन्छ ।

अध्ययन अध्यापनको लागि घरको पूर्व ईशान,उत्तर,वायव्य र पश्चिममा बनाउन सकिन्छ । बिधालय,महाविधालयीय अथवा स्वाध्ययनका लागि पनि उपयुक्त दिशामा बनाउनु पर्दछ । अध्ययन गर्दा पूर्व वा उत्तरमुख गरेर बस्नु पर्दछ । त्यस्तै बिधार्थीले पूर्व वा पश्चिम सिरानी गर्नुपर्दछ ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्