शेयर बजार सामान्य बढ्यो, १३ अर्ब ७२ करोड रुपैयाँको कारोबार

बुधबार, भदौ १२, २०८१

काठमाडौं - शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

नेप्से दिउँसो सवा १२ बजे दुई हजार आठ सय ६० विन्दुमा पुगेको थियो । तर बजार बन्द हुने बेलामा निके तल झरेर दुई हजार सात सय ८६ विन्दुमा आइपुग्यो ।

आज विकास बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तीन वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

बजार समान्य बढेको दिन कर्णाली विकास बैंकको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम भने निकै घटेको छ । हिजो १८ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय २६ वटा कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १३ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्