साफ यु–२० च्याम्पियनसिप

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल शुरू

बुधबार, भदौ १२, २०८१

काठमाडौं  - २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बङ्गलादेशबीचको खेल शुरू भएको छ । फाइनल खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुरू भएको हो ।

बंगलाचुली गाउँपालिका

यो खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बङ्गलादेशसँगको फाइनलमा नेपाली टोलीमा अनिल बम्जनको ठाउँमा लक्षु थापालाई राखेका छन् ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्