प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

बुधबार, भदौ १२, २०८१

काठमाडौं - नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनु भएको छ।

बंगलाचुली गाउँपालिका

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गर्नु भएको हो ।

सिग्देलले गत साउन २४ गते नै नेपाली सेनाको कमाण्ड समाल्नु भएको थियो। तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि सिग्देलको काँधमा सेनाको कमाण्ड आएको थियो ।
अवकाशअघि शर्मा बिदा बस्ने भएपछि सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी सिग्देललाई दिएको थियो ।

सेनाको सहायक सेनानी दर्जाबाट सेवा सुरु गरेका शर्मा ४१ वर्षसम्म कार्यरत रहेर प्रधानसेनापतिबाट अवकाशमा जानु भएको थियो । भदौ २४ गतेदेखि पदावधिको हदले शर्मा अनिवार्य अवकाशमा जानु हुँदैहुनुन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्