सुनको मुल्यमा नयाँ रेकर्ड : तोलामा आठ सय रुपैयाँ बढ्यो

बुधबार, भदौ १२, २०८१

काठमाडौं -  सुनको मुल्यले  नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

यसअघि गएको भदौ ५ गते सुनको मुल्य एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको मुल्यमा उतारचढाव भइरहेको छ ।

त्यस्तैगरी आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको थियो । आज चाँदीको मुल्य  तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको  महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्