नेकपा (एस)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

मंगलबार, भदौ ११, २०८१

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध हुनुभएको छ । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध हुनुभएको हो ।

बंगलाचुली गाउँपालिका

नेकपा (एकीकृत समाजवादी) मा पदाधिकारी छान्न आजदेखि चुनावी प्रक्रिया शुरू भएको हो । सर्वसम्मतिको प्रयास असफल भएपछि आजदेखि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव प्रक्रिया शुरू भएको हो ।

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारी छान्नका लागि चुनाव हुन लागेको हो । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत हुनुभएको थियो । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको थियो ।

एकीकृत समाजवादीले तीन सय ४३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । २१ जना पदाधिकारीमध्ये सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्