रोल्पामा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

सोमबार, भदौ १०, २०८१

रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिका २ दहवनमा रहेको हाटबजारमा तरकारी पुर्याइ फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको छ । लु ४ त ८९५२ नम्बरको ट्याक्टर आज दिउँसो अन्दाजी १स् ३० बजे त्रिवेणि २ दहखोलामा दुर्घटना भएको हो ।

बंगलाचुली गाउँपालिका

ट्याक्टर दुर्घटनामा परि सन्जय रोका , मनिष बस्नेत , निर्माण खड्का , करण वि।क , तिलक रोका सहित ५ जना घाइते भएका छन ।

घाइते ५ जनाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेकोमा सन्जय रोकालाइ थप उपचारका लागि दाङको घोराही रिफर गरिएको छ । दुर्घटना के कारणले भएको भन्ने बारे केही खुलेको छैन ।

दुर्घटना पछि चालक गिरिराज बस्नेत फरार रहेको ईलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ । घटनबारे थप अनुसन्धान भैरहेको छ ।।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्