कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

सोमबार, भदौ १०, २०८१

कपिलवस्तु  - सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।

बसमा सवार २६ जना घाइते भएको उहाँको भनाइ छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले बताउनुभयो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्