सुनको मुल्य तोलामा एक सय रुपैयाँ घट्यो

सोमबार, भदौ १०, २०८१

दाङ - हिजो एकैदिन  सुनको  मुल्य तोलामा एक हजार रुपैयाँले बढेको  आज एक सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

हिजो  आइतबारका दिन सुनको मुल्य तोलामा  एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तैगरी आज चाँदीको मुल्य  पनि घटेको छ । चाँदी मुल्य तोलामा १० रुपैयाँले घटेर  एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्