बागमती प्रदेशका पर्यटन मन्त्रीको निवासमा आगलागी

सोमबार, भदौ १०, २०८१

दाङ  - बाग्मती प्रदेश सरकारका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी भएको छ ।

बंगलाचुली गाउँपालिका

हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा हिजो राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा केही सामान जलेका छन् । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्