आज २०८१ साल भाद्र १२ गते बुधवारको राशिफल

दाङ - आज २०८१ साल भदौ १२ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २८ तारिख। भाद्र कृष्ण पक्षको दशमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिष पण्डित ज्योतिषि ठाकुर देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

बंगलाचुली गाउँपालिका

भाद्र कृष्णपक्ष नवमी तिथि मृगशिरा नक्षत्र नेपालमा सूर्योदय ५ः४१ सूर्यास्त ६ः२७

मेष - (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
उधोग तथा व्यापारमा लाभ  रहनेछ । बचत धन खर्च गर्नुपर्नेछ  । प्रमिप्रेमिका तथा दाम्पत्य जीवनमा असझदारी बढनेछ । कार्यमा चुनौति छ ।

वृष - (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
बौद्धिकताले अवसर मिलाउने छ ।   धन आर्जनका स्रोत बढनेछन । अध्ययन क्षेत्रमा सफलता रहनेछ । बोलिको प्रभाव छ । अरुलाई प्रभाव पार्न सकिन्छ ।

मिथुन - (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलाको कार्यबाट सफलता रहनेछ । नबिन कार्यको थालनी हुनेछ । आर्थिक लाभयुक्त समय रहनेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ ।

कर्कट - (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा चुनौति रहेता पनि आत्मा बिश्वास लिएर अगाडि बढनु होला । लाम्रो आम्दानी हुने कार्यमा लाग्न सकिनेछ । यात्राको तय हुन सक्नेछ ।

सिंह - (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसर प्रशस्त्रै आउनेछन तर लाभ लिन नसकिएला । प्रयासबाट नै कार्यमा सफलता  रहनेछ ।सोचे भन्दा कम आम्दानी बढि खर्चयुक्त समय रहनेछ ।

कन्या - (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
काम अनुसारको प्रतिफल मिल्न अप्ठेरो हुनेछ । आशा देखाउने र सहयोगि बाट धोका  रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ  ।

तुला - (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय  रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । नविन कार्यमा सफलता मिल्नेछ  ।

वृश्चिक - (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केहि समस्या रहेता पनि मेहनत बाट सफलता रहनेछ । सहयोगिको साथ बाट कार्यमा सफलता रहनेछ  । आन्तरिक कुरा खुलासा हुनेछ ।

धनु -  (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ  । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ ।

मकर -  (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफनो कार्यमा अरुले अधिकार लिने प्रयास गर्नेछन । अनाबश्यक आरोप लाग्न सक्नेछ  । अनाबश्यक खर्च रहनेछ । बैदेशिक काममा मन जानेछ ।

कुम्भ - (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ  । दिन उत्साह पूर्ण  रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि ,पशुपालन क्षेत्रमा लाभ रहनेछ ।

मीन - (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
टाढिएका आफन्तहरु न्जिक आउनेछन । घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन । वातावरण तथा प्रकृतिमा रमाउने समय देखिन्छ ।

वास्तु ज्ञान  : भान्साको ढोका सकेसम्म खुला हुनुपर्छ ।

भान्सको ढोका सकेसम्म खुला हुनुपर्छ । यदि भान्साको ढोका कुनै उपकरण या सज्जाको समानका साथ खुल्छ भने यहाँ एक क्रिस्टल झन्डयाउनु पर्छ । यसले ढोकाबाट उत्पन्न कुनै पनि असन्तुलनलाई संतुलित गरिदिन्छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्