साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेस

आइतबार, भदौ ९, २०८१

काठमाडौँ  : आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेस गरेको छ ।

बंगलाचुली गाउँपालिका

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा नेपालले बाजी मारेको हो । नेपालको जितमा गोलरक्षक जियारत शेख नायक बन्नुभयो । उहाँले भुटानको दुई पेनाल्टी बचाउनुभयो ।

फाइनलमा नेपालले भारत र बङ्गलादेशबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भुटानले दोस्रो हाफमा सुरुवाती अग्रता लिएको थियो । ५६औँ मिनेट मिनेटमा जेत्सन दोर्जीले गोल गर्दै नेपाली सर्मथकलाई निरास बनाउनुभयो । त्यसपछि ७७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि नेपालका निराजन धामीले ७७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । भुटानका किन्जाङ तेन्जिङ दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिनु भयो । तेन्जिङकै फमा प्राप्त फ्रिकिक पासमा निराजनले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो ।

त्यसपछि सोझै टाईब्रेकरमा पुगेको खेलमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले पहिलो प्रहारमा गोल गर्नुभयो । दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङतानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाउनुभयो ।

त्यसपछि नेपालका सेमन्त थापाको तेस्रो प्रहार गोल भयो । भुटानका उग्वेन जिग्मेको तेस्रो प्रहारलाई जियारतले पुनस् विफल पार्नुभयो । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गर्नुभयो ।

भारत र बङ्गलादेशबिचको दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।

नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान प्रतिस्पर्धाले प्रतिस्पर्धा गरेका थिए । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।

 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्