आज २०८१ साल भाद्र १० गते सोमबारको राशिफल

दाङ - भाद्र कृष्णपक्ष सप्तमी तिथि कृतिका नक्षत्र नेपालमा सूर्योदय ५ः४० सूर्यास्त ६ः२९

बंगलाचुली गाउँपालिका

मेष - (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बिगतको कार्य सफलताले मनमा उत्साह जगाउँनेछ । थोरै मेहनतले धेरै कार्य सफल  रहनेछन । तपाईको काम वाट धेरै लाई फाईदा रहनेछ  ।

वृष - (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रयत्न गरेमा कार्य सफलता रहनेछ  । नविन कार्यको शुरुवात रहने छ । मान प्रतिष्ठामा बृद्धि रहनेछ  । नोकरी व्यवसायमा  सफलता रहनेछ ।

मिथुन - (क,कि,कु,घ,ङ,छ,के,को,ह)
खर्च बढि हुनेछ तर पछि फाईदा हुने कार्यमा लगानी हुनेछ । समस्या लाई मध्यनजर गदै अगाडि बढनु होला । वैदेशिक क्षेत्रवाट लाभ लिन सकिन्छ  ।

कर्कट - (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
परिश्रम अनुसार कम प्रतिफल रहनेछ । छेनिक कार्य वाट सफलता  रहनेछ । आम्दानी भए पनि खर्चमा बृद्धि रहनेछ । ल्याउनु पर्ने रकम प्राप्त रहनेछ ।

सिंह - (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसरहरु थुपै आउनेछन । नयाँ काममा लाग्नु भन्दा पहिले सोच विचार गरी अगाडि बढनु होला । बिशेष काम लाई गोप्य राखेर अगाडि बढनु होला ।
कन्या - (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कर्मशील  समय रहेको छ । सहयोगीहरु वाट राम्रो सफलता  रहनेछ । नाम दाम र ईनाम कमाउने बेला छ । सानो  प्रयास बाट धेरै लाई फाईदा हुनेछ ।
तुला -  (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सहयोगिहरुको राम्रो साथ र सहयोग प्राप्त रहनेछ । नसोचेको आर्थिक लाभ रहनेछ । स्वास्थ्यमा वाधा छ । अल्छि गर्ने बानीले गर्दा समस्या आउनेछ ।

वृश्चिक-  (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिभिन्न साथ र सहयोग मिल्नेछ । आयआर्जन सफलता रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ  । रमाईलो यात्राको अवसर प्राप्त रहनेछ ।

धनु - (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
नराम्रो सोच्नेहरु प्रशस्त्र रहनेछन । सहयोग गर्नेहरु बाट धोका  रहेको छ । सोचेको कार्यमा केहि ढिलाई हुनेछ । अनाबश्यश्यक खर्चकोबृद्धि रहनेछ ।

मकर - (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नयाँ समाचार सुन्न पाईनेछ । नयाँ सिप सिक्ने वेला भएको छ । व्यापार व्यवसायमा सफलता  रहनेछ । आयआर्जनमा सफलता रहनेछ ।

कुम्भ - (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बिगतको गल्ति लाई सधार गर्ने समय रहेको छ । जग्गा जमिन भूमि बाट सफलता रहनेछ  । नविन कार्यको शुरुवात गर्ने समय रहेको छ  ।

मीन - (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय अनुसार कार्य व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ ।  सहयोग गर्नेहरु बाट बिश्वासघात रहनेछ । सन्चित रकम खर्च गर्नेवेला भएको छ ।
                       
 वास्तु ज्ञान : जुन घरको मुख्यद्धार वायव्यकोणमा हुन्छ त्यस घरमा बस्ने मानिसमा अस्थिर भावना प्रकट हुन्छ ।

पश्चिम र उत्तर दिशाको वीचलाई वायव्यकोण भनिन्छ । वायव्यकोणको स्वामी चन्द्रमा हो । मुख्यद्धार वायव्यकोणमा हुन्छ त्यस घरमा चन्द्रमाको अधिक प्रभाव रहन्छ । चन्द्रमाको स्वभाव चन्चल र अस्थिर मानिने हुँदा यो कोणमा मुख्यद्धार भएको घरका व्यक्तिको स्वभाव चन्चल अस्थिर रहन्छ । सोच विचार नगरी कार्य गर्ने स्वभाव हुने हुँदा क्रोध रीस तुरुन्त नै उठने हुन्छ । यो मोहडाको घरमा बस्ने व्यक्तिलाई नुनिलो पदार्थ सेवनमा रुचि  रहन्छ ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्