आज २०८१ साल भाद्र ७ गते शुक्रवारको राशिफल

दाङ  - आज २०८१ साल भदौ ७ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २३ तारिख। भाद्र कृष्ण पक्षको चौथी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर देवकोटाले तयार पार्नुभएको आजको फलादेशः  नेपालमा सूर्योदय ५ः३९ सूर्यास्त ६ः३२

बंगलाचुली गाउँपालिका


मेष - (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफनै कमी कमजोरीले गर्दा कार्यमा बाधा रहला । समस्या लाई चिदै जानु होला । खर्चमा बृद्धि रहनेछ । अवसर लाई चिनेर अगाडि बढनु होला ।
    
वृष - (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)

सोचेको कार्यमा सफलता रहने छ । थालिको काम बाट लाभ उठाउन सकिन्छ । कामको लागि चाहिएको सामागी्रहरु उपलब्ध हुनेछन ।

मिथुन -  (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अरुलाई प्रभाव पारेर कार्यमा सफलता रहनेछ । व्यापार व्यवसाय गरेकाहरु लाई सफलता रहनेछ । आफन्तको सहयोग रहनेछ । प्रतिष्ठामय समय छ ।

कर्कट - (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
व्यापार व्यवसायमा खर्चमा बृद्धिको योग रहनेछ । स्वास्थ्य समस्याले केहि कार्य सम्पादनमा समस्या रहला । सहयोग गछु भन्ने बाट समस्या रहला ।

शिंह - (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घरेलु कार्यमा समय दिनु पर्ने देखिन्छ । सवारी साधन चलाउदा सावधानी रहनु होला । विगतका समस्याले सताउने देखिन्छ । सोचेको कार्यमा बाधा छ ।

कन्या - (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
यात्राको समय रहेको देखिन्छ । आर्यआर्जनमा सफलता रहला । प्रेम तथा मित्रताको क्षेत्रमा सफलता रहनेछ । घर परिवारको साथ र सहयोग रहनेछ ।

तुला - (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिस्पर्धामा सफलता छ । समय सगै सम्झौता गरेर अगाडि बढने समय छ । मेहनत बाट कार्यमा सफलता छ । प्रतिष्ठा जोगाउन सकिनेछ ।

वृश्चिक - (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समयलाई चिनेर अगाडि बढदा सफलता छ । आशा देखाउने बाट समस्या छ । समय सँग सामना गर्नु पर्ला  । अरुको लागि समय खर्च गर्नुपर्ला ।

धनु - (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
मातृ पक्ष बाट सफलता रहनेछ । अनाबश्यक बोल्दा  समस्या रहनेछ । अरुको भलाईको कार्यमा समय दिनु पर्नेछ । समय प्रतिकुल रहने देखिन्छ ।

मकर - (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
थालिको कार्यको. उचित लाभ रहनेछ । मेहनत बढि भए पनि कार्यमा सफलता  रहनेछ ।  बिगतका रोकिएका कार्यहरु बन्नेछन ।

कुम्भ - (गु,गे,गो,सा,सी,सु,से,सो,द)
शैक्षिक क्षेत्रमा  सफलता रहनेछ । बिगतमा रोकिएका कामहरु बन्नेछन । आफन्तको सहयोग रहनेछ । तपाईको कार्य बाट धेरैलाई फाईदा रहनेछ ।

मीन - (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक आर्जन गर्ने समय रहेको छ । नयाँ रचनात्मक कार्य गर्ने समय रहेको देखिन्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्ने समय रहेको छ ।                    
                  
 वास्तु ज्ञान :  घरको उत्तर दिशामा पानीको धारो राख्नु राम्रो मानिन्छ । उत्तर दिशामा कुवा, इनार वा पानीको धारो छ भने त्यस घरमा सम्पत्ति निरन्तर बढि रहन्छ ,सुख,शान्ति र समृद्धि प्राप्त हुन्छ । त्यसैले घरको उत्तर दिशामा पानीको धारो राख्नु राम्रो मानिन्छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०५:१४
प्रतिक्रिया दिनुहोस्