विकास तथा सुशासनका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री ओली

बिहीबार, भदौ ६, २०८१

काठमाडौं - प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्नको जवाफ दिनुभएको छ । सांसदहरूले नेपालको विदेश नीति, विकास निर्माणमा भएको ढिलाइ, संविधान संशोधन, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखा परेका समस्यालगायतका विषयमा प्रश्न सोधेका थिए ।

बंगलाचुली गाउँपालिका

प्रधानमन्त्री ओलीले सबै प्रश्नका जवाफ दिनुभएको छ । अहिलेको सरकार समृद्धि र विकास तथा सुशासनका लागि नै बनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार सैह्य नहुने दोहोर्‍याउनुभयो । देशका विभिन्न क्षेत्रमा समस्या रहेको तर समस्या अहिलेको सरकारले नल्याएको ओलीको भनाइ छ ।

त्यस्तैगरी प्रधानमन्त्रीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो । त्यसकै निरन्तरता दिँदै आज संसद्मा सांसद–प्रधानमन्त्री प्रश्नोत्तर भएको हो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्