शेयर बजार ६ अङ्कले बढ्यो,१९ अर्ब १६ करोड रुपैयाँको कारोबार

बिहीबार, भदौ ६, २०८१

काठमाडौं - शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ .१ एक अङ्कले बढेर दुई हजार नौ सय ७४- ४६ विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

नेप्सेले आज तीन पटकसम्म तीन हजार विन्दु छोए पनि अन्तिममा टिक्न सकेन । नेप्से आज दिउँसो १२ बजेर ४६ मिनेटमा तीन हजार १८ विन्दुसम्म पुगेको थियो । नेप्सेले हिजो पनि तीन हजार विन्दु छोएर फर्किएको थियो ।

आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज तारागाउँ रिजेन्सी होटल, नारायणी विकास बैंक, ज्योति विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार समान्य बढेको दिन सिद्धार्थ बैंक डिबेन्चर २०८३ को शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय ३३ वटा कम्पनीका चार करोड नौ लाख कित्ता शेयर १९ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्