चितवनमा गोठमा बाँधेको भैँसीले मार्‍याे बाघ !

बिहीबार, भदौ ६, २०८१

चितवन - चितवनको मकवानपुर मनहरीस्थित एक किसानको गोठमा बाँधेको भैँसीले बाघ मारेको छ ।

बंगलाचुली गाउँपालिका

मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी जानकारी दिनुभएको छ ।

बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो भएको उनको भनाइ छ ।

‘मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ’, उनले भने ।

मृत बाघलाई परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्