अपराध

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुई जना पक्राउ

बिहीबार, भदौ ६, २०८१

दाङ -  दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बंगलाचुली गाउँपालिका

विहीबार विहान करिब १० बजेतिर सुतली बम पड्काएर भाग्दै गरेको अबस्थामा घोराही उपमहानगरपालिका १५ निवासी प्लस टु सकेका अभियान थापा र सोही महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्कीलाई पक्राउ गरिएको हो ।

उनीहरु मोटरसाईकलमा आएर बम फालेका थिए । त्यही क्रममा भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी पड्केको स्थानबाट सुतली बमका टुक्राहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताउनु भयो ।

उनीहरुले रमाईलोकालागि बम पड्काएको बयान दिएको प्रहरीले जनाएको छ । साभार दाङलाइभ

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्