आज २०८१ साल भाद्र ६ गते बिहिवारको राशिफल

बिहीबार, भदौ ६, २०८१

दाङ्र- आज २०८१ साल भदौ ६ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २२ तारिख।  भाद कृष्ण पक्षको तृतीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिष पण्डित ज्योतिषि ठाकुर देवकोटाले तयार पार्नुभएको आजको फलादेशःले तयार पार्नुभएको आजको फलादेश । नेपालमा सूर्योदय ५ः३८ सूर्यास्त ६ः३३ ।

बंगलाचुली गाउँपालिका


मेष - (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आशा बाढने बाट साबधानी रहनु होला । समय लाई चिनेर अगाडि बढनु होला ।  तपाईको प्रयास बाट कामहरु बन्नेछन । खर्चमा बृद्धि रहनेछ ।
    
वृष - (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
कामको उचित मुल्यांकन नहुन सक्नेछ । आम्दानी र खर्च बराबर छ । सोचेको काम समयमा नहुन सक्नेछ । शैक्षिक क्षेत्रमा मन खासै जाने छैन ।

मिथुन - (क,कि,कु,घ,ङ,छ,के,को,ह)
व्यापार व्यावसायमा फाईदा नै रहनेछ । अध्ययनमा अध्यापनमा ठिकै छ। पारिवारिक सम्बन्ध कायम रहनेछ । नोकरी गरेका लाई ठिकै छ ।

कर्कट - (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
परोपकारी कार्यमा समय दिनु पर्नेछ । बाँकी रहेका कामहरु सम्पादन हुने देखिन्छ । नबिन कार्य तथा पद पाउने काम आउन सक्नेछ ।

शिंह - (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घरको काममा समय बढि बित्नेछ । शैक्षिक क्षेत्रमा अलमल रहनेछ । आर्थिक लेनदेनमा समस्या रहनेछ । आशा देखाउने बाट सावधानी रहनु होला ।

कन्या - (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्त तथा साथीहरुको साथ र सहयोग रहनेछ  । समय अनुसार अबसर प्राप्त मात्रामा आउनेछन । आयआर्जनको काम अगाडि बढाउन सकिनेछ ।

तुला - (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक कारोबारोमा सावधानी अपनाउनु होला । अनाबश्यक दौडधुप रहनेछ । आफनो काम सफल बनाउन योजना गोप्य राखेर अगाडि बढनु होला ।

वृश्चिक - (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समय अनुसार अगाडि बढने प्रयास गर्नुहोला । प्रतिस्पर्धा तथा पुरुषार्थ बाट अगाडि बढनु । अग्रज व्यक्तिको सहयोग बाट काममा सफलता रहनेछ ।

 धनु - (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
घरका कामहरु बिस्तारै सम्पन्न हुनेछन । पैतिक सम्पत्तिको प्रयोगले केहि लाभ हुनेछ । खेलमा सफलता रहनेछ । तपाईको जिद्धिपन रहने देखिन्छ ।

मकर - (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
व्यापार व्यावसायमा  ठिकै रहला । साथ दिनेहरुबाट समस्या आउन सक्छ । कमाएको धन खर्च गर्नेबेला छ । पहिलाको कामले समस्या उत्पन्न  हुनेछ ।

कुम्भु - (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बोलिले धेरै लाई आर्कषण गर्नेछ । बिगतको काम बाट आज लाभ लिने बेला भएको छ । रोकिएका कामहरु बन्नेछन । पठन पाठन क्षेत्रमा सफलता छ ।

मीन- (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ कामहरु सुरु गर्नेबेला रहेको छ । मिष्ठान भोजनको आनन्द लिन पाईनेछ । आर्थिक लाभ युक्त समय छ । सल्लाह सुझाव दिनेहरु प्रशस्त्र भेटिनेछन ।

                        
वास्तु ज्ञान - बिधार्थीमा पढाई कमजोरी भएमा प्राय पूर्व फर्किएर बिहान पढनुु राम्रो मानिन्छ ।

शिक्षा आर्जन गर्नको लागि सम्पूर्ण वातावरण मिल्नु पर्ने हुन्छ । बिधार्थीमा पढाईको स्तर घददै गएमा साँझ भन्दा बिहानको समयमा पढने बानी बसाल्नु पर्छ । पढदा जहिले पनि पूर्व दिशा फर्किएर पढने बानीको बिकास हुनुपर्छ । घर नजिक तुलसीको बोट लगाएर प्रत्येक दिन तुलसीमा जल चढाउदा राम्रो हुन्छ । घरमा अशोकको रुख पूर्वदिशा रोप्नुपर्छ । यसो गर्दा घरमा सक्रारात्मक वातावरण सिर्जना भई ज्ञान आर्जनको लागि बिधार्थी सहज हुने गर्छ । परिक्षामा जाँदा हरियो लुगाको प्रयोग गर्नु पनि उपयुक्त मान्ने गरिन्छ ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०५:४९
प्रतिक्रिया दिनुहोस्