दाङमा कुवा सफा गर्ने क्रममा गम्भीर घाइते भएका दुई जनाको मृत्यु

बुधबार, भदौ ५, २०८१

 दाङ - दाङमा कुवा सफा गर्ने क्रममा फसेर गम्भीर घाइते भएका दुई जनाको निधन भएको छ । आज बिहान कुवामा फसेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षका मुकेश बिक र ३८ वर्षका यम बहादुर बिकको राप्ती प्रादेशिक अस्पतालमा निधन भएको हो ।

बंगलाचुली गाउँपालिका

आज बिहान करिब १० बजेतिर कुवा सफा गर्ने क्रममा दुबै जना फसेका थिए । फसेका दुबैजनालाई उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोमम ११ बजेतिर डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयो ।

कुवामा अक्सीजनको अभावले घाइते भएको हुन सक्ने तुलसीपुर-१३ का अध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो । साभार e-तुलसीपुर

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्