शान्तिनगर गाउँपालिकाको कार्यालयलाई सारियो जुम्लेकुला

बुधबार, भदौ ५, २०८१

दाङ - शान्तिनगर गाउँपालिकाले पालिकाको केन्द्र सारेको छ । यस अघि चिराघाट रहेको उक्त केन्द्रलाई जुम्लेकुलामा सारेको हो ।

बंगलाचुली गाउँपालिका

आईतबार बेलुका सबै सामानहरु जुम्लेकुला सारेर सोमबार विहानदेखि सोही स्थानबाट सेवा दिन सुरु गरिएको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो । त्यहाँको सामुदायिक वन, खानेपानी र स्वास्थ्यको भवनबाट सेवा सूचारु गरिएको हो ।

गएको माघ मा बसेको १५ औं गाउँसभाले चिराघाटमा रहेको पालिकालाई जुम्लेकुलामा सार्ने निर्णय गरेको थियो । त्यसको विरुद्धमा फागुनमा सर्वोच्चमा रिट परेको भएपनि २५ साउनमा सर्वोच्चले औचित्य नभएको भन्दै रिट नै खारेज गरेपछि केन्द्रलाई जुम्लेकुला सारिएको हो । साभार  लाइभदाङ

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्