गोरखा माध्यामिक विद्यालयद्वारा विकटको विद्यालयमा शैक्षिक सामग्री प्रदान

बिहीबार, माघ १८, २०८०

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित गोरखा माध्यामिक विद्यालयले तुलसीपुर ३ नाउलामा रहेको माध्यामिक विद्यालय प्रतापकोटका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलखुदका सामाग्रीहरु वितरण गरेको छ ।

बंगलाचुली गाउँपालिका

नर्सरी देखी दुई कक्षासम्मका ३६ जना विपन्न परिवारका बालबालिकाहरुलाई सो सामाग्री वितरण गरिएको गोरखा ग्रुपका एकाडेमिक डाईरेक्टर  दुर्गा केसीले बताउनु भयो ।

ग्रुपका उपाध्यक्ष बिष्णु घर्ती, गोरखा माबि तुलसीपुरका प्रिन्सिपल बिजयमान जिएम, क्याम्पस प्रमुख पूर्णबिक्रम डाँगीलगायतले ती सामग्री संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा केसीले  विकट क्षेत्रका विद्यालयमा विद्यार्थीको अबस्था पनि कमजोर हुने भएकाले सहयोग गरेको बताउनु भयो । साथै आगामी दिनमा विद्यालयको कक्षा कोठाका झ्यालहरु नभएकाले त्यसमा पनि सहयोग गर्ने प्रतिकद्धता जनाउनु भयो ।

सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले विकटका विद्यालयमा यस्तै सहयोग आबश्यक पर्ने बताउनु भयो ।कार्यक्रममा तुलसीपुर ३ का वडाअध्यक्ष विर बहादुर विकले उक्त विद्यालयलाई अहिले माविसम्म सञ्चालन गर्न सफल भएको बताउनु भयो ।


तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले मावि प्रतापकोटमा १० कक्षा पास गरिसकेपछि प्राविधिक शिक्षा पढ्न चाहेमा विपन्न विद्यार्थीलाई सहयोग गर्ने बताउनु भयो । त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक टेक प्रसाद भण्डारीले विपन्न बालबालिकाहरुको अवस्थालाई मध्यननजर गरी विकट स्थानमा पुगेर शैक्षिक तथा खेलखुदका सामाग्री उपलब्ध गराएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही विद्यालयमा २ सय २४ जना विद्यार्थी अध्यनरत छन् । तर, अधिकांस विद्यार्थीहरु विद्यालयमा हाँजिर हुँदैनन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लिलामणी बाँठाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक चुडामनी अधिकारीले गर्नुृ भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्