आज २०८१ साल भदौ ५ गते बुधवारको राशिफल

मंगलबार, भदौ ४, २०८१

दाङ - भाद्र कृष्णपक्ष द्धितिया तिथि शतभिषा नक्षत्र नेपालमा सूर्योदय ५ः३८ सूर्यास्त ६ः३४ I भद्र कृष्ण पक्षको द्वितीया तिथि । रोपाइँ जात्रा । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । मयुर अनलाइनका लागि ज्योतिष ज २०८१ साल भदौ ५ गते बुधवारको राशिफल ज्योतिषि ठाकुर देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

बंगलाचुली गाउँपालिका

मेष - (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आन्तरिक कार्यलाई ध्यान दिनु होला । दैनिक कार्यमा ढिलाई हुनेछ । साझेदारी कार्यमा समस्या रहनेछ । अनाबश्यक खर्चमा बृद्धि रहने छ ।

वृष - (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
पैत्तिक सम्पत्ति बाट लाभ रहने छ ।  आर्थिक लाभ नहुने कार्यमा बढि समय दिनु पर्नेछ । बोल्दा बिचार गरेर बोल्नु । साथीहरुले धोका दिने समय छ ।

मिथुन - (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नसोचेको काम बन्ने छ । तपाईको कार्यका सmलता रहनेछ । सामाजिक कार्यमा समय दिनु पर्नेछ । व्यवसायमा प्रशस्त्र लाभ  उठाउन सकिनेछ । 

कर्कट - (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आशा देखाउनेले झुक्याने छन । व्यवसायमा उताव चडाव  रहला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । घरेलु कार्यमा समय बढि दिनु पर्नेछ । 

सिंह - (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
परिश्रम बाट सफलता रहनेछ  । प्रेम तथा मित्रताको साईनो गाँस्ने बेला देखिन्छ । आर्यआर्जनमा सफलता रहनेछ । नयाँ सामागी्रको प्रयोग हुनेछ । 

कन्या - (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको कार्यमा अरुले अधिकार लिन सक्नेछ । कानुन प्रक्रिया बुझेर अगाडि बढनु होला । आर्थिक कार्यमा सावधानी भएर अगाडि बढनु होला । 

तुला - (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
स्वास्थ्य समस्याले सताउने छ । नरामा्रे समाचार सुन्नु पर्ला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । नयाँ काम गर्नको लागि समय निकाल्न नसकिएला । 

वृश्चिक - (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
प्राप्त अवसर गुमाउन सकिनेछ । घर परिवार आफन्त सग सम्वन्ध मध्ययम रहला ।  बिगतको गल्ति कमजोरी लाई सुधार गर्ने समय रहेको छ । 

धनु  - (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समयले सोचे भन्दा फरक वातावरण बनाउनेछ । आर्थिक लगानी गर्नु पर्नेछ । पारिवारीक असमझदारी बढनेछ । परिश्रम लाई बिशेष ख्याल गर्नुहोला । 

मकर - (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अध्यायन अध्यापनमा समस्या रहला । तपाईको कमीकमजोरी माथि कुरा चल्नेछ । बोलिको कारण काम बिग्रिने तथा आफन्त टाढिने समय रहेको छ । 

कुम्भ  - (गु,गे,गो,सा,सी,सु,से,सो,द)
तपाईको कार्यशैलिमा परिवर्तन रहनेछ । अग्रज व्यक्ति सगँ भेटघाट बढनेछ । आफन्तले साथ र सहयोग दिनेछन । रोकिएका कार्यहरु ,बन्नेछन । 

मीन - (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयलाई चिन्ने प्रयास गर्नुहोला । आर्थिक खर्चमा बृद्धि  रहनेछ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्ला । यात्राको समय  रहेको देखिन्छ ।

 वास्तु ज्ञान - कुनै पनि घरको पश्चिममा किचन भएमा त्यस फ्ल्याटका बासिन्दाहरुको लागि स्वास्थ्यमा समस्या आउने गर्छ । किचेन हरेक फ्ल्याटको दक्षिण  पूर्व कुनामा हुनु पर्छ । बिकल्पको रुपमा यसलाई उत्तर पश्चिम कुनामा बनाउन सकिन्छ ,तर त्यसो गर्दा खाना पकाउने स्ल्याबलाई यसरी बनाउनु पर्छ कि खाना पकाउने व्यक्तिले त्यसको उपयोग पूर्वतर्फ फर्केर गर्न सकोस् । कुनै पनि फल्याटको उत्तर पूर्व कुनामा किचन हुनु हुँदैन । कुनै पनि घरको पश्चिममा किचन भएमा त्यस फ्ल्याटका बासिन्दाहरुको लागि स्वास्थ्यमा समस्या आउने गर्छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्