लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाए विश्वास

मंगलबार, भदौ ४, २०८१

दाङ  - लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ । मङ्गलबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उहाँले ७० मत पाउनुभयो ।

बंगलाचुली गाउँपालिका

मुख्यमन्त्री आचार्यको विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्तीले जानकारी दिनुभयो ।

आचार्यलाई नेकपा (एमाले), नेपाली कांग्रेससहित जसपाका दुई, जसपा नेपालका एक र नागरिक उन्मुक्ति पार्टीका चार सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका चार तथा एकीकृत समाजवादी र जनमोर्चाका एक–एक सांसद छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतका लागि ४४ सांसद सङ्ख्या चाहिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्