दाङमा बेपत्ता ईन्द्र बहादुर भण्डारी मृत अवस्थामा फेला

मंगलबार, भदौ ४, २०८१

दाङ  -  दाङमा बेपत्ता एक व्यक्तिको शव फेला परेको छ ।गत शनिबारदेखि हराइरहेका बबई गाउँपालिका-३ बस्ने ईन्द्र बहादुर भण्डारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

गत भदौ १ गतेदेखि घरबाट हराइरहेका भण्डारीको आज शव फेला परेको हो । प्रहरीका अनुसार अनुसार शव आज दिउँसो साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका(१ र शान्तिनगर गाउँपालिका-४ को सीमामा पर्ने पातेटाकुरास्थित एकली खोलाको किनारामा फेला परेको हो ।

बेपत्ता भएको रिपोर्ट प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय खिलतपुर र चिराघाट दाङबाट प्रहरी टोली खटिएको थियो। घटनास्थलमा प्रारम्भिक अनुसन्धानपश्चात, शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ। घटनाको थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । साभार  इ-तुलसीपुर

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्