कर्णाली प्रदेशमा ३६ घण्टापछि विद्युत् सेवा शुरू

सोमबार, भदौ ३, २०८१

सुर्खेत - कर्णाली प्रदेशमा लगातारको वर्षाका कारण हिजो बिहानैदेखि अवरुद्ध भएको विद्युत् सेवा ३६ घण्टापछि शुरू भएको छ ।

बंगलाचुली गाउँपालिका

कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको बबई नजिकै रुख ढलेर अवरुद्ध भएको विद्युत् सेवा आज बेलुकी ५ बजेदेखि सञ्चालनमा आएको हो । रुख ढलेर चुँडिएका तारहरू नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतको टोलीले मर्मत गरेपछि विद्युत् सेवा शुरू भएको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसयद यादवले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्