साफ च्याम्पियनशिप -२० भारतले भुटानलाई १–० गोलले हरायो

सोमबार, भदौ ३, २०८१

काठमाडौं  - साफ च्याम्पियनशिप -२०  फुटबलमा भारतले भुटानलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतका लागि खेलको मिनेटमो मोनिरुल मोलाले ३७ औं मिनेटमा गोल गरे ।

बंगलाचुली गाउँपालिका

यो खेल निकै तनावपूर्ण रहेको थियो । यो खेलमा भारतका दुई जना र भुटानका एक जना खेलाडीलाई रेफ्रीले रेड कार्ड देखाएका थिए । खेलको ६५ औं मिनेटपछि भारत ९ र भुटान १० जना खेलाडीमा सीमित भएको थियो । जीतसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । हिजोदेखि शुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । फुटबलमा भारतले भुटानलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतका लागि खेलको मिनेटमो मोनिरुल मोलाले ३७ औं मिनेटमा गोल गरे ।

यो खेल निकै तनावपूर्ण रहेको थियो । यो खेलमा भारतका दुई जना र भुटानका एक जना खेलाडीलाई रेफ्रीले रेड कार्ड देखाएका थिए । खेलको ६५ औं मिनेटपछि भारत ९ र भुटान १० जना खेलाडीमा सीमित भएको थियो । जीतसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । हिजोदेखि शुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्