दाङमा बन्दै गरेको घरबाट लड्दा एक जना घाइते

सोमबार, भदौ ३, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको तुलसीपुरमा बन्दै गरेको घरबाट  लड्दा एक जना घाइते भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुर बस्ने ३० बर्षीय गणेश चौधरी घाइते भएका हुन् ।

सोही ठाउँकी दीपा खत्रीको घर निर्माण गर्ने क्रममा सोमबार विहान साढे ८ बजेतिर खसेर उनी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनु भयो ।

दुई तलामाथिबाट खसेका उनको ढाड र टाउकोमा चोट लागेको छ । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि कोहलपुर रेफर गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्