रोल्पामा पहिरोले पुरिएर एक महिलाको ज्यान गयो

आइतबार, भदौ २, २०८१

रोल्पा, २ भदौ - अविरल वर्षापछि आएको पहिरोले घर भत्किँदा लिबाङमा एक महिलाको मृत्यु भएको छ । आर्को एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका-२ मूलपानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेकी रोल्पा नगरपालिका-१० धाङसीका ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

प्रहरीका अनुसार आज आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका-२ मूलपानीमा रहेको बेथेल मण्डली भत्किँदा धनजिताको मृत्यु भएको हो ।

अत्यधिक वर्षापछिको पहिरोले निर्माणाधीन चर्च भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले बताउनुभयो । उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ वर्षकी नौभा घर्ती मगर घाइते हुनुभएको छ ।

उहाँलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको छ । उक्त चर्चमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । साभार  e-तुलसीपुर 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्