शेयर बजार साढे ३४ अङ्कले घट्यो, २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको कारोबार

आइतबार, भदौ २, २०८१

काठमाडौं - साताको आइतबार पहिलो दिन शेयर बजार साढे ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ ।

बंगलाचुली गाउँपालिका

आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको ८२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्