माइतीको गाउँमा झरना थापा,कृष्ण पौडेलको निर्देशन

आइतबार, भदौ २, २०८१

काठमाडौं - चलचित्रको निर्देशनमा व्यस्त नायीका झरना थापालाइ फिल्म तथा गीतमा नदेखेको धेरै भएको थियो तर निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको तीज गीतमा नायीका झरना थापाले अभिनय 
गरेकि छिन् । लामो समय पछि भरना थापालाइ भिडियोमा देख्न पाइएको छ । माइतीको गाउँमा बोल रहेको तीज गीतमा झरनाले अभिनय गरेकि हुन् ।

बंगलाचुली गाउँपालिका

दाहाल सन्तोषको शव्द तथा अस्मिता अधिकारीको आवाज रहेको गीतलाइ विशाल निरौलाले संगीत भरेका छन् भने एरेन्ज पनि निरौलाकै रहेको छ । दशरथ दनुवारको निर्माण रहेको यस गीतमा गोठाले रिसोर्टले साथ दिएको छ ।

सार्वजनिक भिडियोमा झरना थापा,इन्दु दनुवार,रबिन कार्कि र मोहम्मद आजमको अभिनय रहेको छ । भिडियोलाइ कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने प्रविण थापाको कोरियोग्राफि रहेको  छ । भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्