शान्तिनगरमा बँदेलले पार्‍यो मकैबाली सखाप, चिन्तामा किसान

शनिबार, भदौ १, २०८१

दाङ - दाङको  शान्तिनगरमा  जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

बंगलाचुली गाउँपालिका

 बस्ती नजिकैको जङ्गली बँदेलले  शान्तिनगर गाउँपालिका वडा नंं २ सिमसुन्दरपुर गाउँका कृषक  जित  बहादुर घर्ति,  पेसल  बहादुर रोका,  गणेश नेपाली,  झग्गु बंसी, रिता वली, तुल बहादुर वली, सिता वली, मन्जु बस्नेत र बिष्णु वलीको  बारीमा  लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पारेको  स्थानीय प्रदिप कुमार रोका मगरले  बताउनु भयो । 

मकै छरेपछि लामोसमय खडेरी पर्‍यो, केहि महिना  अगाडी पानी परेर मकै जोगियो तर   बस्ती नजिकैको    जङ्गलमा बस्ने बँदेलले  रातपरेपछि बारीमा आएर मकैबाली  क्षति पुर्‍याएको र  स्थानीय सरकारबाट सहयोग नभएको उहाँले बताउनु भयो ।  

त्यस्तैगरी २ नं वडा अध्यक्ष सुनिल आलीले   भन्नुभयो यो विषयमा औपचारिक रुपमा जानकारी नआएको र अनौपचारिक रुपामा स्थानीयवासीहरुले जानकारी गराए अनुसार  बाघमारे विष्णुपुर सामुदायिक बन ,अम्बिकेश्वरी सामुदिक बन र सदाबाहार सामुदायिक बनको तारबार नगरेका बस्तीमा करिब २०० सय घरधुरीका कृषकको मकैबालीमा  क्षति पुर्‍याएको  उहाँले बताउनुथभयो ।


 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्