प्रधानमन्त्री ओली र अमेरिकाका उप–विदेशमन्त्री रिचार्ड आर.वर्माबिच भेटवार्ता

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं  -  प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर।वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ ।

बंगलाचुली गाउँपालिका

शुक्रबार अपराह्न प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री रिचार्डबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उप–विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आउनुभएको हो ।

नेपाल भ्रमणको क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्