राष्ट्रिय महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं  - सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ ।

बंगलाचुली गाउँपालिका

साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगितामा सहभागी अर्को टोली माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्