दाङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बिहीबार, साउन ३१, २०८१

दाङ - दाङको देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर ९श्यामकुमार० कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० वर्षीया ईश्वरी कुमालको मृत्यु भएको हो ।

बंगलाचुली गाउँपालिका

कुटपिटबाट मृत्यु भएका ईश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्यामकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार कुमाल दम्पती दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले ईश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उहाँका तीन छोरी एक छोरा छन् ।  साभार गोरखापत्र अनलाइन

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्