शेयर बजार ४३ अङ्कले बढ्यो ,३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार

बिहीबार, साउन ३१, २०८१

काठमाडौं - शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । ६ करोड ८९ लाख  ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

बंगलाचुली गाउँपालिका

सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेले आज तीन हजार विन्दुमा पुगेको छ । नेप्से आज ४३ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको छ । दिउँसो साढे दुई बजे शेयर बजार तीन हजार ३६ विन्दुसम्म पुगेको थियो । बन्द हुने बेलामा भने तीन हजार विन्दुमा रोकिएपनि नेप्से आज झण्डै तीन वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।

आज तीन वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्सको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्