भारतको बलिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका मोर्कल नियुक्त

बिहीबार, साउन ३१, २०८१

काठमाडौं - भारतीय पुरुष क्रिकेट टिमको बलिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर मोर्ने मोर्कल नियुक्त भएका छन् ।

बंगलाचुली गाउँपालिका

आउँदो सेप्टेम्बर १ तारिखदेखि मोर्कलको सम्झौता शुरू हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बताएका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

मोर्ने मोर्कलले आउँदो सेप्टेम्बर १९ तारिखमा चेन्नईमा शुरू हुने बङ्गलादेशसँगको दुई खेलको टेस्ट र तीन खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।

३९ वर्षीय मोर्कल गौतम गम्भीरको नेतृत्वमा भारतीय कोचिङ स्टाफमा सामेल हुनेछन्, यी दुईले यसअघि इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनउ सुपर जायन्ट्समा काम गरेका थिए । गम्भीरले मोर्कललाई बलिङ प्रशिक्षकको पदमा बीसीसीलाई सिफारिश गरेको मानिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्